साउन २८ गते कोरोना संक्रमणका कारण मृत्यु भएका नेपाल विद्युत प्राधिकरणका कर्मचारी सिताराम दाहालकी छोरी निलिमा दाहालले स्वास्थ्य संस्थाले न्यूनतम उपचार सेवा नदिएर उनको बुबाको अकालमा मृत्यु भएको भन्दै बुधबार उच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन् ।सामाजिक दुरी कायम गरी संक्रमित दाहाललाई उनको छोरि निलिमा भेट्न अस्पताल जाँदा स्वास्थ्यकर्मीले केही हुँदैन बुवाको अवस्था सामान्य छ भनेका थिए तर २८ गते दिउँसो १२ बजे भेट्न जाँदा कसैले पनि वास्ता नगरेको, स्वास्थ्यकर्मीहरुले कुनै सोधिखोजी नगरेको र उपचार अभावमा स्वास्थ्य असामान्य भएको बुवाले बताएको रिट निवेदनमा भनिएको छ।रिट निवेदनमा स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएपनि स्वास्थ्य संस्थाले दिनुको साटो बिरामीलाई कैदीबन्दीको जस्तो व्यवहार गर्दा अकालमा बाबुको ज्यान गएको जनाएको छ ।

संक्रमणको अवस्था बढिरहेको अवस्थामा अस्पतालहरुको क्षमता सुधार नभएको, साधन उपचार कक्षहरुको व्यवस्था नभएको, भेन्टिलेटर सञ्चालन नगरिएको आदि कारणले बिरामीले उचित उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको भन्दै अस्पताल र प्रयोगशालाको क्षमता बढाई संक्रमितको उपचार गर्न आवश्यक परमादेश जारी गर्न रिट निवेदनमा माग गरिएको छ ।