महारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुधबारबाट एक साता निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन सीडीओ र सुरक्षा प्रमुखको बैठक अनुसार उपत्यकामा निषेधाज्ञाको निर्णय भएको हो। मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ जनकराज दाहाल, नारायणप्रसाद भट्ट र हुमकला पाण्डेसहित सुरक्षा प्रमुखबीच छलफलपछि एक साताका लागि निषेधाज्ञाको निर्णय भएको हो।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लास्तर वा जिल्ला भित्र लकडाउन, निषेधाज्ञा गर्न सक्ने गरी सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको थियो। सोहि अधिकारको प्रयोग गरी जिल्ला प्रशासनले निषेधाज्ञाको निर्णय गरेको हो।

निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुनेछन् । अत्यावश्यक कामबिना घरबाहिर निस्किन पाइनेछैन । यस्तै, यो अवधिमा सार्वजनिक यातायात, अत्यावश्यक बाहेकका निजी सवारी साधन समेत चलाउन पाइने छैन् ।

निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुनेछन् । अत्यावश्यक कामबिना घरबाहिर निस्किन पाइनेछैन । यस्तै, यो अवधिमा सार्वजनिक यातायात, अत्यावश्यक बाहेकका निजी सवारी साधन समेत चलाउन पाइने छैन् ।  अत्यावश्यक बाहेकका व्यापार व्यवसाय समेत बन्द हुनेछन् ।

निषेधाज्ञाको समयमा के गर्न पाइन्छ र के गर्न पाइदैन