धनुषाको सबैला नगरपालिका–२ का ३२ वर्षीय प्रमोद महतोलाई गत मंगलबार दिउँसो एम्बुलेन्समा जनकपुरस्थित प्रादेशिक अस्पतालमा डायलसिस गराउन लगिएको थियो। दायाँतिर बुबा जोगेन्द्र र बायाँतिर आमा रामकुमारीको सहारामा उभिएका प्रमोदले निकैबेर डाक्टरको प्रतीक्षा गरिरहे तर ‘डायलसिस गर्न आग्रह गर्दा स्वास्थ्यकर्मीहरू आफ्नो ड्युटी सकिन लागेको भन्दै तर्किए। बिरामीको उपचारमा सहयोग गर्न पुगेका बीपी साहले भने, ‘त्यसपछि अस्पतालका चिकित्सक जामुन सिंहलाई आग्रह गर्दा उनले पनि डायलसिस विभाग प्याक रहेको र थपको उपचार हुन नसक्ने बताए र डायलसिसका लागि करिब ४ घण्टा अस्पतालको चक्कर काटिरहेका थिए। उनका बुबाका अनुसार मंगलबार ३ बजे प्रादेशिक अस्पताल पुगेर साँझसम्म डायलसिसका लागि आग्रह गर्दा पनि कसैले वास्ता गरेनन् ।चिनेजानेका नेता, मेयर, ठूलाबडा आफन्त सबैलाई फोनमा गुहारें तापनि अस्पतालले उपचार्गर्ना मानेका थिएनन्।प्रमोदको बुबा आमाले डाक्टरलाई ढोगेर बिन्ति गर्दा समेत कसैको मन पग्लेन।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा एक वर्षअघि उपचार गराउँदा प्रमोदको मिर्गौलामा समस्या देखिए पछि काठमाडौंमै एक निजी बैंकमा काम गर्ने उनले त्यसपछिको उपचार र डायलसिस काठमाडौंमै गराइरहेका थिए । त्रिवि शिक्षण अस्पतालमा साताअघि उपचार गराएर जनकपुरमा पनि डायलसिस हुन्छ भन्ने बुझेर उनी गाउँ फर्किए बिरामकै तनावले प्रमोदले बैंकको जागिर पनि छाडिसकेका थिए । प्रमोदको डायलसिस नभएको करान्लेह उनको स्थिति नाजुक भैसकेको थियो र उनि निक्कै छटपटी रहेका थिए। अस्पतालमा उपचार त भएन तर प्रमोदको बुबा आमालाई उनलाई घर फर्कौना भने उस्तै सास्ती परेको थियो। ४ घण्टा अस्पतालमा उनको छोराको उपचारका लागि सब्बैलाई बिन्त्ति गर्द घर फर्कौनाका लागि पनि एम्बुलेन्स तथा भाडाका गाडीलाई पनि घर जान तयार नभए पछि बल्ल तल्ल एउटा रिक्शा लै बिन्ति गर्दा तेसैमा घर फर्केका हुन्।
घर लगेपछि उनको अवस्था झन् बिग्रियो । छिमेकीको सहयोगमा बुधबार दिउँसो २ बजेतिर एम्बुलेन्समा धरान लैजाँदै गर्दा प्रमोद को बाटोमै अन्तिम सास फेरेका हुन्। प्रमोदका दुई भाइ वैदेशिक रोजगारीमा दुबई छन् । एक बहिनी घरमै बस्छिन् ।