राप्रपाका युवा नेता तथा बर्दिया-२ का प्रतिनिधिसभाका उम्मेदवार विनय रावलले आगामी १० वर्षमा मुलुकमा ५ हजार अर्ब रुपैयाँ पूर्वाधार निर्माण तथा विकासमा खर्च गर्नुपर्ने भन्दै सो कुरालाई ध्यानमा राखेर कार्यक्रम ल्याउने घोषणा गरेका छन् ।

रावलले आफूले पूर्वाधारको विकासको लागि स्रोत व्यवस्थापनमा विशेष कार्यक्रम ल्याईने घोषणा गरेका छन् । उनले स्विस बैंकमा रहेको कालो धन र नेपालमा भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्तिलाई राष्ट्रियकरण गरी पूर्वाधारको निर्माणमा लगाईने बताएका छन् ।

पार्टीका केन्द्रीय सामाजिक विभाग प्रमुखसमेत रहेका रावलले आफूहरुले कोही पनि भ्रष्टाचारीलाई नछाड्ने बताएका छन् । एक-एकलाई खोजी खोजी कारबाही गर्ने चेतावनी दिएका छन् । उनले मुलुकमा एकपटक राप्रपाको नेतृत्वमा सरकार बनाउने ।