कोबिदा किड्स प्रि स्कुल लोकन्थली भक्तपुरकी प्रधानाध्यापक सम्जना बस्नेत राष्ट्रिय शिक्षा सम्मान-२०८१ बाट सम्मानित भएकी छिन्। शनिवार आयोजित एक कार्यक्रमका बिच फोकस नेपाल नामक संस्थाले निष्ठा र समर्पणका साथ लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहेर योगदान गरेको भन्दै उनलाई सम्मान गरेको हो।

बस्नेतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न शैक्षिक संघ संस्था मार्फत बालशिक्षा क्षेत्रको विकासमा पुर्‍याएको योगदान चिरकाल सम्म प्रशंसनीय र अनुकरणीय रहने संस्थाले उल्लेख गरेको छ। भविष्यमा पनि शिक्षा क्षेत्रको विकासका लागि अझै धेरै योगदानको अपेक्षा संस्थाले गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, विशेष अतिथि पूर्व मन्त्री भवानी प्रसाद खापुङ र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले बस्नेतलाई संयुक्त रूपमा सम्मान गरेका हुन्।