गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ। जसअनुसार मुस्ताङमा नेपाली कांग्रेसले १०६७ मत सहित अग्रता लिएको छ भने नेकपा एमाले ८ सय ७ मतसहित पछयाउन सुरु गरेको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हिमाली जिल्लामा १२ मत प्राप्त गरेको छ भने ३२ मत बदर भएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।