ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । अहिलेसम्म कूल ४ हजार ७८८ मत गनिसक्दा एमालेले अग्रता लिएको हो ।

प्रारम्भिक मत परिणामअनुसार एमालेले १ हजार ३१७ ल्याएर अगाडि छ भने हाम्रो नेपाली पार्टीले १ हजार ९७ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले ८ सय ७७ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सय ९० मत प्राप्त गरेको छ ।

अहिलेसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने ६ सय ७६ मत ल्याएको छ ।