नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । भट्टराईले आइतबार नेकपा (एमाले)का तर्फबाट ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराएको जानकारी गराउँदै भट्टराईले ताप्लेजुङ्का सम्पूर्ण मतदाताहरुमा सूर्य चिन्हमा मतदानका लागि अनुरोध पनि गरेका छन् । साथै उनले देश तथा बिदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईमा आवश्यक सहयोग र ऐक्यबद्धताको अपेक्षासमेत गरेका छन् ।

यसका साथै ताप्लेजुङ जिल्लाको प्रदेश सभा सदस्य (क)मा एमाले नेता तिलकुमार मेन्याङबो र प्रदेश सभा (ख) मा एमालेका गोपाल थोप्राले मनोनयन दर्ता गराएका छन् ।