-डा.डी.आर.उपाध्याय खनाल,

अब राजनीतिक दलका नेताहरु सच्चिनु पर्छ । लोकतन्त्र बचाउने भनेको दलहरुले हो । दलहरु नमिले सम्म लोकतन्त्र बलियो हुदैन । लोकतन्त्र बलियो बनाउन पनि दलहरु मिल्नु पर्छ । आज देशमा राजनीतिक अबस्था त्यति राम्रो ढंगले चलेको छैन । जनता धेरै निराश अबस्थामा छन । राजनीतिक दलहरुले जनतालाई भ्रममा पारिरहेका छन । अब जनता सचेत हुनु पर्छ आज जनताको चेतनास्तरमा निकै वृद्धि भइसकेको छ ।

अहिलेका जनता मुलुक हाँक्ने भएका छन । अब हुने चुनाव मा जनताले आफै फैसला गर्छन । अब मतदाता सचेत हुनु पर्ने आबश्यकता देखिएको छ । अब जनतालाई सचेत र सजग बनाउनु पर्ने बेला आएको छ । राजनीतिक दलहरुले ले मुलुक बनाउने चिन्ता पटक्कै गरेनन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट पाठ सिकेर दलहरु अघि बढनु पर्छ । दल र तिनका नेताहरुले सधैँ नेपाली जनतालाई सोझो सम्झँदै आएका छन् । नेताहरूका भ्रष्ट प्रवृत्तिका बिरुद्ध जनता जाग्नु पर्छ । अब पुरानै तरिकाले मुलुक बन्दैन ।

जनतालाई झुक्याउने दिन पनि गए । देश र जनताको भबिश्य बनाउन दलहरु गम्भिर बन्नु पर्ने हो । त्यो अबस्था अझै देखिएन । आगामी चुनावमा हाम्रा भन्दा राम्रा मान्छे जिताउने अभियान चलाउनु पर्छ । देश बनाउन राम्रा मान्छेको आबश्यकता छ । गलत मान्छे राजनीतिमामा हावी भए भने समस्या आउछ । आज देशमा ठूलो समस्या आएको छ । देशको समस्या समाधान गर्न राम्रा मान्छे चुनावमा जितेर आउनु पर्छ । राजनीतिमा कुरा मात्र बढी भयो ब्यवहारमा कुनै कुरा पनि लागु भएन । नेताहरुले जनता झुक्याउने खेल मात्र भयो ।

सबै नेपाली जनता सचेत र जागरुप नभए सम्म समस्या आइरहन्छ । अब आउने चुनावमा पुराना नेताहरुलाई रोक्ने र नयाँ पुस्ताका युवाहरुलाई जिताउने जिम्मा आममतदातको हातमा छ । मतदाताहरु सचेत हुनु पर्ने बेला अब आएको छ । चुनावमा मतदाताले उचित फैसला गर्नु पर्छ । गलत मान्छेलाई हराउने अभियान मतदाताको हातमा छ । अब कुरा गरेर मात्र हुदैन, ब्यवहारमा देखाउनु पर्ने भएको छ ।

समय र परिस्थितीको सामाना गदै देशको भबिश्य बनाउनु छ । राम्रा उम्मेदवारलाई जिताउनु आम मतदाताको कर्तब्य र दायित्व हो । राम्रा उम्मेदवारले जिते देशले जित्छ । यो नै हाम्रो कर्तब्य हो । मुलुक बनाउन इमान्दार नेताको खाँचो हुन्छ । इमान्दार नेता अझै हामीले पाउन सकेका छैनौं । यो हाम्रो लागी दुरभाग्य हो । समय र माग अनुसार नेता जन्मन सक्छन । यो कुरा हामी बुझनु पर्छ ।

समय र मागलाई नेपाली जनताले पर्खेर बसेका छन । त्यो दिन अबश्य आउने छ । धर्य नै समयको माग हो । हामी समय अनुसार चलेका छौं । आजको युग प्रबिधिको युग हो हो । आज हामी प्रबिधि संग खेलिरहेका छौं । यो हाम्रो भाग्यको खेल हो ।