प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रका लागि पार्टी विपार्टी नभनी एकजुट हुन आग्रह गरेका छन् ।

शनिबार बिहान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना नियन्त्रणको विषयमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोना नियन्त्रण गर्नुपर्ने बताएका हुन् । कोरोना नियन्त्र र रोकथामका लागि सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिने भन्दै एकजुट हुन आग्रह गरेका छन्

आज बिहान एमाले उपाध्यक्ष सुवाश नेम्वाङ नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई देउवालाई भेटेर कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको हो ।