काठमाडौं – नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताको लागि मानवीय सहयोगार्थ करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु माननीय परराष्ट्र मन्त्री डा. नारायण खडकालाइ हस्तान्तरण गर्नु भयो ।

उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाइ अवसर प्रदान गरि दिनु भएको माननीय मन्त्रीलाइ आभार व्यक्त गर्नु हुंदै सहयोगमा सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नु भयो । माननीय मन्त्री डा. खडकाले राहत सामाग्री उपलब्ध गराइ मानवीय सहयोग कार्यमा सघाउ पुर्याएकोमा धन्यबाद ज्ञापन गर्नु भयो ।