आगामी १२ माघबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज (सोमबार)बाट आचारसंहिता लागू गरेको छ ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो ।