-डा.डी.आर.उपाध्याय,

आज देशमा तमाम समस्या छन । ति समस्या समाधान गर्न कुनै दल र तिनका नेताहरु गम्भिर छैनन् । राजनीतिक दल र तिनका नेताहरु आ आफनो ब्यक्तिगत स्वार्थमा लिप्त छन । त्यसो भएको हुनाले हामी पछि परेका हौं । देश बनाउने र जनताको समस्या समाधान गर्ने कुरा तर्फ कसैको ध्यान गएको पाइदैन । चारैतिर समस्यै समस्या छन । गरिब जनता बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । देशमा महंगी बढेको बढै छ । सरकारी ढुकुटि माथि मनपरी ब्रमलुट भइरहेको छ । जनताले लडेर ल्याएको ब्यवस्था हो यो । तर जनताको अबस्था फेरिन सकेन ।

आज जनता चरम निराशामा छन । देश र जनताको भाग्य र भबिश्य अन्योलमा छ । सत्ता स्वार्थ बाहेक हाम्रा नेताहरुले अरु के देखे ? जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने ? यसको फैसला त जनताले गर्लान नी । देश झन पछि झन नाजुक बन्दै गइरहेको छ तर नेताहरु ठूला ठूला कुरा गर्न अझै छाडेका छैनन् । नेताहरु समृद्धिका कुरा गर्छन तर ब्यवहारमा लागु गदैनन् । सत्ताका लागी एक आपसमा लडिरहेका छन । जनताको आवाज बोल्ने थलो संसद लामो समय देखि अबरुद्ध छ । लामो समय देखि एमालेले संसद अबरोध गदै आइरहेको छ । संसद अबरोध गरेर मात्र समस्या समाधान हुदैन । यो जनमत माथिको अपमान हो । एमाले मुलुक प्रति गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ ।

जनताले संसद अबरोध गरेको मन पराइरहेका छैनन् । यदि एमाले देश र जनता प्रति इमानदार छ भने संसद सुचारु हुन दिनु पर्छ । जनता भोक रोग, बेरोजगारी जस्ता समस्याले थिचिएका छन । जनताका कुरा कस्ले बुझने ? प्रजातन्त्र आएको पनि चार दसक बढी भइसक्यो। जनताले मत दिएर नेतालाई कुर्सिमा पठाएको किन हो ? जनता जवाफ खोजिरहेका छन । नेताले आफ्नो भागबन्डा मात्र खोजेर देश बन्न सक्दैन । नेता धनी बन्दै जाने जनता गरिव बन्दै जाने यो प्रबृतिले देश कहिल्यै अघि बढन सक्दैन ।

देश रेमिट्यान्सको भरमा चलेको छ । वार्षिक पाँच लाखबराबर युवा बाहिर पलायन हुन्छन्। देशमा न पढ्ने वातावरण छ न त केही गर्ने। अधिकांशको बुझाइ हो यो। जनतालाई भ्रम छर्ने काम गरेर राजनीति गर्ने जुन किसिमको संस्कार मौलाएको छ यसले राम्रो गरिरहेको छैन । जनताले नेतालाई भोट हालेर चुनाव जिताउँछन तर चुनाव जितेर तिनै नेताले जनतालाई चिन्दैनन् । देशमा झन्डै आधा दर्जन संविधान बने तर देश कहिल्यै समृद्ध बनेन। यद्यपि, नागरिकको आशाको दियो निभेको छैन। जलस्रोतमा धनी, कृषिप्रधान र भौगोलिक विविधताले भरिएको यो देश बन्न नसक्दा दुख्ख लाग्छ ।

यो देश कसको कारणले बन्न सकिरहेको छैन । यसको बाधक को हो ? जनताले बुझनु पर्ने आबश्यकता देखिएको छ । देश बनाउने कुरामा सबै दल एक ठाउँ उभिनु पर्ने हो, तर उभिन सकेनन् । सबैको आ आफनो स्वार्थ छ । स्वार्थको राजनीतिले देश बर्बाद हुदै छ । आज देश संघीयतामा गए पनि जनता सन्तुष्ट छैनन् । कारण के हो भने जनताको अबस्थामा परिवर्तन आउन सकेन । देशको ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । अब राजनीतिक दल र तिनका नेताहरुको सोच, चिन्तन, ब्यवहार बदलिन सकेन भने जनता पक्कै निराश हुने छन ।