नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपाल सुशासन अभियान नामक पार्टी गठन गर्नुहुने भएको छ।

नेपाल सुशासन अभियान नामक समूह सञ्चालन गरिरहनु भएका खरेलले  राजनीतिक अस्थिरता, कुशासन, भ्रस्टाचार जस्ता कारणले देशले गति लिन नपाएको भन्दै नयाँ पार्टी गठन गर्न लागिएकाे बताउनुभएकाे छ  शुक्रवार पत्रकार सम्मेलन गरेर पार्टी गठन गर्न लागिएको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

खरेलले एक नयाँ आयामका रूपमा सबै नेपालीको मर्म बुझ्न सक्ने गरी नेपाललाई  सफल र शक्तिशाली देशका रूपमा स्थापित गर्ने  उद्देश्यले पार्टी गठन गर्न लागिएको जानकारी दिनुभएको छ ।