हिन्दू नेपालीहरुको ठूलो चाड वडादशैं आजदेखि शुरु हुँदैछ । महान चार्ड वडा दशैंको पहिलो दिन आज वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्दैछन् ।

घटस्थापनाको साइत आज बिहान ११ बजेर ४६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ बजेर ४६ मिनेट अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिले जनाएको छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ ।

अन्‍नपूर्ण पोस्ट् | Nepal's leading news portal

दशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाउने गरिन्छ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ । देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेष रूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना संक्रमणका कारण भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्नेछ ।