शारदीय नवरात्री असोज २१ गते बिहिबारबाट सुरु हुँदैछ र यसको समापन असोज २९ गते हुनेछ। नवरात्रीको अवधिमा ९ दिनसम्म माता दुर्गाको ९ स्वरूपको पूजा आराधाना गरिन्छ। यस वर्ष दुई तिथि एकै दिन पर्ने भएकोले नवरात्री ८ दिनको मात्र रहेको छ। नवरात्रीमा खरिद गर्ने काम निकै शुभ मानिन्छ। यस्तोमा यो समयमा केहि चिज घरमा ल्याउँदा माता दुर्गाको आशिर्वाद भरपूर प्राप्त हुनुका साथै कहिल्यै धनको कमी हुँदैन।
नवरात्रीको समयमा यी चिज घरमा ल्याउनुहोस्
तुलसीको बिरुवा:
सामान्यतय धेरै जसो हिन्दू परिवारहरुको घरमा तुलसीको बिरुवा हुने गर्छ। तर यदि कसैको घरमा छैन भने नवरात्रीको समयमा घरमा तुलसीको विरुवा ल्याउनुहोस्। तुलसी बोटको राम्रो हेरचाह गर्नुहोस्। दैनिक रूपमा यसको समक्ष घिउमा बत्ति बाल्नुहोस्। यसो गर्नाले महालक्ष्मीको आशिर्वाद प्राप्त हुन्छ र धनको कुनै कमी हुँदैन।
केराको बिरुवा:
केराको विरुवा ल्याउँदा परिवारका हरेक समस्या दूर भएर जानेछ। कुनै पनि शुभ समयमा यो बिरुवा घर ल्याउन सकिन्छ। यसलाई घर वरिपरि लगाएर ९ दिनसम्म शुद्ध जल अर्पण गर्नुहोस्। बिहिबारको दिन थोरै दुध जलमा मिलाएर केराको बोटका चढाउँदा धनको कमी हुँदैन।
पारिजातको बिरुवा;
यदि तपाईं नवरात्रीको समयमा पारिजातको बिरुवा ल्याउनुहुन्छ भने यसले तपाईंको घरमा खुशी र समृद्धि ल्याउँछ। पारिजातको फूल घरमा रातो कपडामा बाँधेर तपाईंले धन संचय गर्ने स्थानमा राख्नुहोस्। यसो गर्नाले तपाईं धनमा वृद्धि हुनेछ।
बरको पात ;;
नवरात्रीको समयमा कुनै पनि दिन बरको पात टिपेर त्यसलाई शुद्ध जलले पखाल्नुहोस्। त्यसपछि उक्त पातमा बेसार र घिउले स्वास्तिक चिन्ह बनाउनुहोस्। पूजाको ठाउँमा उक्त पात राख्नुहोस्। ९ दिन सम्म धूप र पूजा गर्नुहोस्। यसो गर्नाले सबै प्रकारका समस्याहरु हल हुनेछन्। यसलाई रातो कपडामा बेरेर पूरा वर्ष पूजाको ठाउँमा राख्दा कहिल्यै पैसाको अभाव हुँदैन।
धतुरोको जरा ;;
भगवान शिवको अतिप्रिय धतुरो माता कालीको पूजामा पनि प्रयोग गरिन्छ। नवरात्रीको दिनमा कुनै शुभ समय पारेर घरमा धतुरोको जरा ल्याउनुहोस्। यसलाई रातो कपडामा लपेटेर राख्नुहोस्। माता कालीको मन्त्र जप गर्दा यसको पूजा गर्नुहोस्। यसो गर्दा सबै प्रकारका समस्याहरु हट्नेछन्।