युरोकप फुटबल अन्तर्गत पहिलो क्वाटरफाइलनमा जित हात पार्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा शुक्रबार राति भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्पेनले जित हासिल गर्‍यो । सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।