इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २-१ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल गरेका थिए। अब सेमिफाइनलमा इटालीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।