काठमाडौं- लकडाउनको अवधिमा लाइसेन्सको म्याद सकिदा नवीकरण गर्न नपाउने सवारी धनीले जरिवाना तिर्नु नपर्नि भएको छ ।यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिए तापनि सवारी धनीले भदौ मसान्तसम्म गएर नवीकरण गर्दा जरिवाना तिर्नुनपर्ने जानकारी दिएको हो ।अहिले विभागले सिस्टमलाई ‘परिमार्जन’ गरेर भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।