भारतीय गृहमन्त्री अमित शाह कोरोना संक्रमण निको भएपछि पनि थकान र जीउ दुख्नेलगायत समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआईआईएमएस) अस्पतालमा भर्ना भएका हुन् । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो तीन/चारदिनदेखि उनलाई निरन्तर अत्यधिक थकान र जीउ दुख्ने समस्या देखिएको थियो । यसअघि कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएपछि उनी अगष्ट १८ मा डिस्चार्ज भएका थिए । कोराना भाइरसको संक्रमण देखिएसँगै उनी मेदान्त अस्पतालमा भर्ना भएका थिए ।