गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरुको सरुवा गरेको छ। सरुवामा सातवटै प्रदेश प्रहरी प्रमुख हेरफेर भएका छन्। स्रोतका अनुसार कोशी प्रदेशमा डिआइजी चन्द्रकुवेर खापुगं, मधेस प्रदेशमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ। डिआइजी सुरेन्द्र मैनालीलाई भरतपुर तालिम केन्द्र पठाइएको छ।