-डा.डिआर उपाध्याय,

नेकपा एमाले सहितका पार्टीको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री हुन सफल भएका छन । आज ४ बजे उनले सफथ लिने कार्यक्रम छ । गठबन्धन टोडेर उनी सत्ता स्वार्थका लागी जे गर्न पनि तयार भए । आखिर सत्ताका लागी जे पनि हँुदो रहेछ । राजनीतिक दलमा इमान भन्ने कुरा नै छैन ।

चुनावको बेलामा गठबन्धनको नाममा भोट मागेर चुनाव जित्ने अहिले आएर सत्ता स्वार्थका लागी गठबन्धन टोडने यो कस्तो राजनीतिक संस्कार हो ? अब भावि पुस्ताले यस्तो राजनीति संस्कारबाट के सिक्ने ? देश र जनताको भन्दा नेताहरुलाई आफनै कुर्सि प्यारो लागेको छ । कुर्सि भन्दा अरु नेताहरुले देखेनन् । यसरी देश कसरी बन्छ ? अब गठन हुने सरकारमा धेरै भन्दा धेरै दलको सहभागीता हुने छ । दलहरुको चित्त बुझाउन पनि प्रचण्डलाई ठूलै चुनौति हुने छ । अब बन्ने सरकारले देश र जनताको पक्षमा के कति काम गरेर देखाउँछ त्यो त हेर्न नै बाँकी छ ।

देउवाको अहंकारले गठबन्धन भत्किएको भन्नेहरु पनि छन । तर जे भए पनि आज मुलुक राजनीतिक धुब्रिकरण तर्फ अघि बढेको अनुमान लगाउन सकिन्छ । हिजो बिहान सम्म गठबन्धनकै सरकार बन्ने चर्चा थियो । तर राजनीतिले मध्यान्ह तिर अकै मोड लियो र प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए । उनलाई समर्थन गरेका सबै पार्टी सरकारमा जाने कुरा छ । समर्थन गरेका सबै पार्टीलाई प्रचण्डले कसरी मिलाएर लैजान्छन त्यो नै अग्नि परिक्षाको बिषय बनेको छ । नेताहरु सत्ताकै लागी बिगतमा झै गल्ति दोहोयाउदै छन । अब जनताले खवरदारी नगर्ने हो भने जे पनि हुन सक्छ ।

जनता सजग हुनु पर्ने अबस्था आएको छ । देश र जनताको भबिश्य दिन प्रतिदिन नाजुक बन्दै गइरहेको छ । अब देश र जनताको चिन्ता गर्ने नेताको खाँचो छ । देश र जनताको कुनै मतलव नराख्ने नेताहरुको अब भबिश्य राम्रो हुने छैन । यो कुरा बुझेर बसे हुन्छ । लामो समय देखि नेपाली जनताले दुख्ख कस्ट भोग्दै आएका छन । यो देशको भबिश्य राम्रो हुन्छ की भन्दै धर्य पनि पटक पटक गरे तर जनताले सोचे जस्तो अबस्था परिवर्तन हुन सकेन । देशमा ब्यवस्था बदलियो तर जनताको अबस्था उस्तै छ । अब प्रचण्डले जनताको अबस्थामा परिवर्तन ल्याउन सक्छन की सक्दैनन् । ब्यवस्था परिवर्तन गर्न प्रचण्डकै देन छ तर देश र जनताको अबस्था परिवर्तन भएन भने ब्यवस्था परिवर्तनको के अर्थ ? देश र जनतालाई सोचेर भाग्य र भबिश्य निर्माण गर्नु आजको आबश्यकता हो । अब मुलुक बनाउने कुरामा सबै दलहरु मिलेर अघि बढनु पर्छ । त्यसो भयो भने मात्र देश बन्छ । एकले अर्काको खुट्रटा तान्ने प्रबृतिको अन्त्य गर्नु पर्छ ।

राजनीतिमा इमान्दारीता भएन भने देश र जनताले दुख्ख भोग्नु पर्ने हुन्छ । हाम्रो देशको राजनीतिमा बेइमान मात्र भइरहेको छ । सत्ताका लागी नेताहरु एक आपसमा मिल्दै जाने तर तल तलका कार्यकर्ता पानी बारा बार गरी बोलचाल नै नगरेको पाउन सकिन्छ । नेता मिले पछि सबै सकियो । यस्तो छ देशको राजनीति । हिजो ओली प्रचण्ड नमिल्दा राजनीति के भएको थियो अहिले के भयो ? यी सबै सत्ता स्वार्थका खेल हुन । जनतालाई मुर्ख बनाउने खेल राजनीतिमा देखिएको छ ।