न्युयोर्क ।  समाजसेवी तथा सामाजिक अभियान्ता मिंग्मा शेर्पा हिमानी ट्रष्ट न्युयोर्क ब्यूरोको बिओडी चयन भएकी छिन । सानै उमेरदेखि नेपालमा समाजसेवामा सक्रिय शेर्पा फुरलिमा फाउण्डेसन मार्फत शिक्षाबाट वन्चित बालवालिका देखि असहाय दिन दुखीहरुको सेवा र सहयोगका लागि निरन्तर अग्रसर हुदै आएकी छिन ।

नेपालका ग्रामिण भेगमा रहेका विद्यालयमा शैक्षिक सामाग्री वितरणदेखि विद्यार्थीहरुका लागि छात्रवृत्तिसम्म उपलव्ध गराउदै आएकी शेर्पा हाल केहि समयदेखि अमेरिकामा रहि सामाजिक कार्यमा लागि पर्दै आएकी छिन । शेर्पा नेपालका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छिन भने थुप्रै प्रतिष्ठित संघ संस्थाबाट सम्मानित हुदै आएकी छिन ।

यसै क्रममा शेर्पा सामाजिक सेवा क्षेत्रको ख्याती प्राप्त संस्था हिमानी ट्रष्ट न्युयोर्क ब्यूरोको संचालक समितिमा चयन भएकी हुन । यसैगरि उक्त ट्रष्टमा नयॅा एम्बेसडरमा जनक सिंह खडका चयन भएका छन् ।

हिमानी ट्रष्ट अमेरिका ब्यूरोको आन्तरिक रुपमा बसेको बैठकले नयां कार्यसमिति चयन गरेको हो ।

न्युयोर्क स्थित वुडसाईमा रहेको च्याम्पियन्श मार्सियल आर्ट्स क्लबका समेत प्रशिक्षक रहेका जनक सिंह खड्का सहित १३ सदस्सिय टोली गठन गरेको हो ।

खड्काको नयॅा नेतृत्वको टोलीमा शेर्पा सहित भवानी लामा, रुपा शाह, बिनम तिवारी, आशा पाण्डे, मम्पि घोष, कान्छी माया शेर्पा, रानु गिरी, केशव श्रेष्ठ, कृष्ण माया महर्जन,दुर्गा खत्री र सुनिल क्षेत्री रहेका छन । साथै,नयॅा कार्य समितीमा क्विन्स केटिएम लायन्स क्लबका संस्थापक अध्यक्ष समेत रहेका रुद्र पुन बिशिष्ट सल्लाकार र निबर्तमान न्युयोर्क ब्यूरोका एम्बेसडर शंकर बिशुंके सल्लाहकारमा चयन भएका हुन् ।