नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको रुपमा सपथ लिने भएका हुन् ।

शपथ सोमबार दिउँसो राष्ट्रपति कार्यालयका निवास शितल निवासमा हुने प्रचण्डका सचिवालयले नेपाल प्रेसलाई जानकारी दिएको छ । प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । उनलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ ।