भक्तपुर-२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्। उनले नेकपा (माल)का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गरेका हुन्।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो। कांग्रेसका थापाले २४ हजार दुई सय ३८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गरेका छन्।