राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले बिनय रावललाई केन्द्रीय सामाजिक विभागको प्रमुखमा मनोनित गरेको छ ।
आज शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई विभागिय प्रमुखमा मनोनीत गरेका हुन् ।


जनस्तरमा प्रभावशाली नेताको रुपमा चिनिएका रावल समाजसेवमा सक्रिय व्यक्तित्व समेत हुन् । यसअघि उनी कांग्रेसको राजनीतिमा सक्रिय थिए । तर, कांग्रेसले बोकेको राजनीतिक नीतिसँग असन्तुष्ट हुँदै उनले पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेका थिए । त्यसको लगत्तै राप्रपाले उनलाई बर्दिया-२ बाट आगामी मङ्सिरमा ४ मा हुने प्रतिनिधिसभाको चुनावको उम्मेदवार समेत बनाएको छ ।

बर्दियाको समग्र विकासको लागि अहोरात्र खटिएका युवा नेता रावलको उम्मेदवारीसँगै जिल्लावासीमा खुशियाली छाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा राम्रो छवि बनाएका रावल समृद्ध बर्दियाको लागि सक्रिय छन् ।

रावलले यो जिम्मेवारी पाएसँगै आफूले खरो रुपमा आफ्नो भूमिका निर्वाह गर्ने विश्वास दिलाउदै उनले भने,‘मैले यो जिम्मेवारीलाई इमानदारितका साथ पूरा गर्नेछु, पार्टीले मप्रति देखाएको सदाशयता र थपेको जिम्मेवारीलाई आफ्नो धर्म सम्झिएर जिम्मेवारी पूरा गर्नेछु । अझै पनि बेटर बर्दियाको लागि उर्जा लिएर काम गर्नेछु ।’