नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुले धोका दिएको बताएका छन‍।  बुधबार राजधानीमा आयोजित कार्यक्रमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको गीत गाएर आफ्नो तयारी पूरा गर्न नसक्दा चुनावमा पराजित हुनु परेको बताए।  गठबन्धनको गीत धेरै गाउँदा आफ्नो पार्टीले हार व्यहोर्नु परेको भन्दै गठबन्धन नगरेको भए सानदार जित हुने उनको भनाइ छ।  ‘धेरै ठाउँमा जित नभएता पनि आफ्नो पार्टीको चिह्नको प्रचार हुन्थ्यो’, उनले भने, ‘ पार्टीको प्रचारप्रसार हुन सकेको भए आगामी प्रदेशसभा र प्रतिनिधिसभामा अनुकूल हुन्थ्यो।’ उनले चुनावमा गठबन्धनमा आवद्ध दलहरुले नराम्ररी धोका दिएको उनको दावी छ। आफूभन्दा समाजवादी दल ठूलो हुने डरले दलहरुले धोका दिएको उनको भनाइ छ।