फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ ।

एक अमेरिकी महिलाले रोनाल्डोमाथि लगाएको बलात्कारको मुद्दा अमेरिकी न्यायाधीश जेनिफर डोर्सीले मुद्दा खारेज गरेका हुन् ।

ती महिलाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनले सन् २०१८ मा रोनाल्डोविरुद्ध मुद्दा दर्ता गरेका थिइन् ।

तर आरोपित महिलाका वकिलले चुहावट र चोरीको रेकर्डको भरमा मुद्दा दर्ता गरिएको भन्दै अदालतले बलात्कार मुद्दा खारेज गरिएको हो ।

रोनाल्डोले भने सुरूदेखिनै बलात्कारको आरोप अस्वीकार गर्दै आएका थिए