निर्देशक प्रदीप शाहीले नयाँ फिल्म ‘अन्तिम संस्कार’ निर्माण गर्ने भएका छन् । फिल्मका लागि उनले अभिनेत्री दीया पुनसँग लिखित सम्झौता गरेका छन् ।विनोद सुवेदी खत्रीको निर्माण रहने फिल्ममा विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी, सुस्मिता गिरी, श्याम राईलगायतको अभिनय रहनेछ । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनको तयारीमा छ । ‘अन्तिम संस्कार’ अब केही समयपछि छायांकनमा जाने निर्माता सुवेदीले जानकारी दिए । शाही प्रोडक्सनको व्यानरमा सामाजिक कथामा फिल्म निर्माण हुन लागेको हो ।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास