मुकेश शाह, काठमाडौं

तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा चार दिनसम्म विभिन्न विधि गर्दै चैती छठ उत्सव मनाउने गरिन्छ ।चैत शुक्ल चौथका दिनदेखि ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुले दोस्रो दिन ‘खरना’, तेस्रो दिन सूर्य उपाशना र बेलुका अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने गर्छन् । त्यसैगरी अन्तिम दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि पर्व समापन गर्ने चलन छ ।घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसवा, नरिवल, केरालगायतका फलफूल एवं मिष्ठान्न परिकार सूर्यलाई अर्पण गर्ने चलन छ ।

व्रतालुहरु नजिकको जलाशयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाउने गरिन्छ ।बेलुका पख सूर्यलाई अर्घ दिन व्रतालुले नदी, पोखरी, तलाउलाई सजाएका छन् । त्यस्तै पर्वको अन्तिम दिन सोमबार बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने परम्परा रहेको छ ।