गीतकार प्रकाश सापकोटाको शव्दमा गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक भएको छ । पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा अभिनेता सन्दिप क्षेत्री र लोसिना लामिछानेको अभिनय छ ।

भिडियोमा बालकलाकार सायरा भट्टराई समेत देखिएकी छन् । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।