काठमाडौं । नेपालमा पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइट तयार भएको छ । उपरास्ट्रपति नन्दबहादुर पुनले चैत्र ६ गते उक्त वेब साइटको सुभारम्भ गर्नुभएको हो । समाजसेवामा पारदर्शिता मुख्य चुनौती भएकाबेला स्वर्णिम युग फाउन्डेसनले निर्माण गरेको यो वेबसाइटमार्फत पारदर्शीरुपमा समाज सेवा गर्न सकिन्छ ।

फाउन्डेसनले आफ्ना सम्पूर्ण गतिबिधि www.swornimyug.org मा गएर सञ्चालन गर्ने भएकाले हरेक व्यक्ति र सस्थाले आफ्नो प्रोफाइल खोल्न र स्वर्णिम उपहार अभियानमा सामेल हुन सकिन्छ । फाउन्डेसनको शुभारम्भ समारोहमा उपस्थित भएर उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त वेबसाइट निकै उपयोगी भएको बताउनुभयो । फाउन्डेसनको स्थापना गर्न प्रेरक भएको पुस्तक ‘स्वर्णिम रहस्य’को पनि बिमोचन गर्नुभयो । अनुशासित जीवन शैली अपनाउन प्रेरित गर्ने पुस्तक सबैले अध्ययन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

उक्त समारोहमा बोल्दै शिक्षा तथा बिज्ञान प्रबिधि मन्त्रि बोधमाया यादवले फाउन्डेसनले सामाजिक सेवामा नया चरणको सुरुवात गरेको बताउनुभयो । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपति डा. मंगल रावलले आफू यो फाउन्डेसनको हरेक गतिबिधिमा सहभागी हुने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

गैर आवाशीय नेपाली अभियन्ताहरू डा. उपेन्द्र महतो, डा. शेष घले, भवन भट्ट , धर्मराज अधिकारी , विजय पोखरेल, समिम अनबर, बद्रि बरुवाल लगायतले पनि यो अभियानमा आफ्नो एक्कैबद्दता रहेको बताउनुभयो । पुस्तक पढेपछि आफूपनि प्रभावित भएर अभियानमा सामेल भएको बताउनुभएका प्राबिधिक शिक्षा बिज्ञ खेम लकाईले आफू यो फाउन्डेसनमार्फत समाजसेवामा सहभागी हुने बताउनुभयो । पत्रकार मनऋषि धितालको अध्यक्षतामा भएको फाउन्डेसन शुभारम्भ कार्यक्रममा सञ्चार कर्मी, बागमती सफाई अभियन्ताहरू, कलाकार समाजसेवी हरूको उपस्थिति रहेको थियो ।