शनिबार उदयपुर जिल्ला सदरमुकाम गाईघाट स्थित शुभलक्ष्मी हलमा जैन विश्वविधालयको प्रस्तुतीमा सम्पन्न वाइवाइ डाइनामाईट मिस उदयपुरको तेश्रो संस्करणको ताज आफ्ना १५ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै त्रियुगा नगरपालिकाकी रञ्जु चौधरीले पहिरिएकी छिन् । टप १० हुदै टप ५ मा पुगेपछि मुख्य निर्णायक अलि मुबारकको ‘मिस उदयपुरको ताजको दौडमा रहिरहदा तपाईको विचारमा मिस उदयपुरमा हुनुपर्ने ३ मुख्य विशेषता के के हुन र किन ?’ भन्ने प्रश्नको उत्तरमा रञ्जुले ‘मिस उदयपुरको ताजको दौडमा रहिरहदा मेरो विचारमा मिस उदयपुरमा आफु आफ्नो परिवारलाई मात्र नभएर समाज, जिल्ला, प्रदेश र राष्ट्रलाई नै नेतृत्व गर्न सक्ने क्षमता हुनुपर्छ । आकर्षण, बुद्धिमान, दुरदर्शी, शहनशिलताले भरिपुर्ण हुनुपर्छ र मिस उदयपुरको ताज जितिसकेपछि आफ्नो जन्मभुमि, आफ्नो कर्मभुमी हाम्रो प्यारो उदयपुरलाई राष्ट्रमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा चिनाउन सक्ने क्षमता र गुण हुनुपर्छ’ भन्ने उत्तर दिएर सम्पूर्ण निर्णायक तथा दर्शकहरुको समेत ताली पाएकी थिईन ।

वाईवाई डाइनामाईट मिस उदयपुर २०२२ बिजेता चौधरीलाई मिस उदयपुर २०२० श्रद्धा भट्टराई र विङ्गस इन्टरटेन्मेन्टका अध्यक्ष शान्ति ठाकुरले ताज पहिराएकी थिईन भने वाईवाई डाईनामाईटले रु पच्चिस हजारको चेक हस्तान्तरण गरेका थिए । यस्तै बिजेता चौधरीलाई जैन विश्वविधालयले १० लाख बराबरको छात्रबृति, सोम्स कलेज विराटनगरले स्नातक तहमा विएड वा विविएसमा शतप्रतिशत छात्रबृति, प्रमियर इन्स्योरेन्सका तर्फबाट ५ लाखको आवधीक विमा, काभ्या ग्लोबल नेटवर्कका तर्फबाट आएल्स कक्षामा शतप्रतिशत छुट, गिता एभिएसन काठमाण्डौमा एयरहोस्टेज सम्बन्धी निःशुल्क तालिम, पुर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको तर्फबाट २ लाख बराबरको फिल्म मेकिङ्ग कोर्षमा शतप्रतिशत छुट लगायत अन्य धेरै पुरस्कार तथा अवसरहरु प्राप्त गरेकी छन् । ग्राण्ड फिनालेमा उनि बिजेता हुदै गर्दा उनलाई क्लिन सिटी क्याम्पियनको सद्भावना दुत घोषणा गरिएको थियो । उनले एस एण्ड एस ट्याक्स कन्सल्टेन्सीद्वारा प्रायोजित मिस एलिगेन्टको सब–टाइटल समेत जितिन । यसैगरी वाइवाइ डाईनामाईट मिस उदयपुर २०२२ को फर्स्ट रनरअप भने त्रियुगा नगरपालिका–५ कि प्रशन्ना दाहाल भईन । उनलाई सोम्स कलेज विराटनगरले स्नातकतहमा विएड वा विविएसमा ५० प्रतिशत छात्रबृति, प्रमियर इन्स्योरेन्सका तर्फबाट ३ लाखको आवधीक विमा, काभ्या ग्लोबल नेटवर्कका तर्फबाट आएल्स कक्षामा ५० प्रतिशत छुट, पुर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको तर्फबाट २ लाख बराबरको फिल्म मेकिङ्ग कोर्षमा ५० प्रतिशत छात्रबृति लगायत अन्य धेरै पुरस्कार तथा अवसर प्रदान गरिएको थियो । उनले सस्तो मोःमो द्वा्रा प्रायोजित मिस फोटोजेनिकको सब टाइटल समेत जित्न सफल भईन । दाहाललाई २०२१ कि फर्स्ट रनर अप दिपा थापामगरले ताज लगाईदिएकी थिईन ।

त्यस्तै सेकेन्ड रनर अप चौदण्डीगढी नगरपालिकाकी सुदिक्षा कटुवाल घोषणा भईन । उनलाई सोम्स कलेज विराटनगरले स्नातकतहमा विएड वा विविएसमा ५० प्रतिशत छात्रबृति, प्रमियर इन्स्योरेन्सका तर्फबाट २ लाखको आवधीक विमा, काभ्या ग्लोबल नेटवर्कका तर्फबाट आएल्स कक्षामा ५० प्रतिशत छुट, पुर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको तर्फबाट २ लाख बराबरको फिल्म मेकिङ्ग कोर्षमा ५० प्रतिशत छात्रबृति लगायत अन्य धेरै पुरस्कार तथा अवसर प्रदान गरिएको थियो । उनले भिमरैता हाडजोर्नीै तथा प्रसुति हस्पिटलद्वा प्रायोजित मिस पर्सनालिटि सब टाइटल समेत जित्न सफल भईन । त्यस्तै चौदण्डीगढीकी मेजिना पुर्कुटीले मिस बेस्ट पर्फमरका साथै मिस टयालेन्ट अवार्ड हात पार्न सफल भईन भने चौदण्डीगढीकै प्रतिक्षा राईले मिस पपुलर र मिस भिवर्स च्वाई अवार्ड हात पार्न सफल भईन । बेलका नगरपालिकाकी स्वस्तिका राईले बेस्ट वाक, चौदण्डीगडी नगरपालिकाकी ममता कार्कीले मिस कन्फ़िडेण्ट, त्रियुगा नगरपालिकाकि ईशा खत्रीले मिस चार्मीङ्ग, चौदण्डीगडी नगरपालिकाकी विविशा राउतले मिस स्टाईलिस, त्रियुगा नगरपालिकाकि एल्जिनाले मिस पब्लिक चोइस, रौतामाई गाउँपालिकाकी दिपा अधिकारीले मिस मल्टिमिडिया, त्रियुगा नगरपालिकाकि सृजना मगरले मिस डिसिप्लिन, चौदण्डीगडी नगरपालिकाकी बन्दनाराईले ब्युटिफुल स्माईल, त्रियुगा नगरपालिकाकि प्रमेश्वरी शाहले मिस फेशन आईकन र त्रियुगा नगरपालिकाकि धरती आलेमगरले मिस बेस्ट ड्रेसको उपाधी हात पार्न सफल भएकी थिइन। सम्पूर्ण टाइटलबिजेताहरुलाई ट्रफी, सर्टिफिकेट तथा गिप्टह्याम्पर प्रदान गरिएको थियो ।

विङ्गस इन्टरटेनमेन्टको आयोजना तथा जैन विश्वविधालय बैङ्गलोरको प्रस्तुतीमा सम्पन्न वाईवाई डाईनामाईट मिस उदयपुरको दसौ संस्करणमा प्रिन्स बुटिकको भेषभुषा तथा मार्टिना मेकअप स्टुडियोको मेकअपमा सजिएका १५ जना प्रतिस्पर्धीहरु निशान लिम्बुको कोरियोग्राफीमा स्टेजमा प्रस्तुत भएका थिए । २०२० देखि २०२२ सम्मका बिजेता-उप बिजेताहरुले समेत र्याम्पमा ओर्लिएको कार्यक्रममा एसियाकै उत्कृष्ट सिमेन्ट गैडा सिमेन्ट लगायत अन्य विभिन्न विधामा आवद्ध रही उदयपुर चिनाउने तथा कार्यक्रमका सहयोगिहरुलाई आयोजक विङ्गस इन्टरटेनमेन्टले सम्मान गरेको थियो भने कार्यक्रम संचालन आयोजक संस्थाका निर्देशक तथा नेपालका लागि एमजे स्टाईल इम्पर्सिनेटर कोरियोग्राफर एमजे मिथुनले गरेका थिए । ग्राण्ड फिनालेको अफ़िसियल फोटोग्राफी डिथ्री फोटोग्राफी रहेको थियो । जैन विश्वविधालयको मुख्य प्रायोजन, गैडा सिमेन्ट, मा देवी सर्जिकल सप्लायर्स एण्ड ट्रेडर्स, गार्डेन मार्ट, होटल एम्पायर इन्न, अभियान्ता एजुकेशनल माईग्रेशन, काब्या ग्लोबल नेटवर्क, विशहारा डेन्टल, एबी फिल्मी, न्यु क्रिएटिभ इन्जिनियरीङ्ग कन्सल्टेन्सीको सह –प्रायोजन र जिल्लाका विभिन्न स्थानिय निकायको सहयोगमा तथा विङ्गस इन्टरटेनमेन्टको आयोजनामा भएको वाईवाई डाइनामाइट मिस उदयपुर २०२३ को निर्णायकहरुमा नृत्य तथा म्युजिक भिडियो निर्देशक प्रदिप रशाईली, मिस नेपाल आईकनकि फस्ट रनर अप तथा मोडल एलिशा शंकर, पेजेन्ट अर्गनाईजर तथा मिस्टर नेपाल २०१९ का रनर अप हुश्न अलि मुबारक र स्त्री रोग विशेषज्ञ डा. निर्मला चौधरी रहेका थिए भने वहाँहरु्रको स्वागत सम्मान कार्यक्रम संयोजक पवन काफ्लेले गरेका थिए ।