राजधानीमा भर्खरै सम्पन्न दोश्रो स्पर्श म्यूजिक अवार्डको सर्वोत्कृष्ट आधुनिक गीतको अवार्ड चर्चित गायक सिताराम पोखरेलले चुुम्न सफल भएका छन । विगत तिन दशकदेखि नेपाली गीत संगित क्षेत्रमा निरन्तर सक्रिय रुपमा लाग्दै आएका गायक पोखरेलको चर्चामा रहेको गीत कांडा उम्रियोबाट उनले उक्त अवार्ड हात पार्न सफल भएका हुन ।
टिकटक स्टार तथा श्रोता दर्शकमाझ लोकप्रियता हासिल गरेको उक्त गीतलाई दिपक शर्माले संगित दिएका थिए । नेपाल आयल निगमका पूर्व निर्देशक समेत रहेका पोखरेलको थुुप्रै सफल गीत रहेको छ । राष्ट्र तथा अन्तराष्ट्र क्षेत्रमा थुपै्र अवार्डबाट सम्मानित पोखरेलका सवै म्यूजिक भिडियो चर्चामा रहने गर्छ ।
सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा अभिनेत्री शर्मिला मल्ललाई स्पर्श सम्मान प्रदान गरिएको थियो ।