मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन चाहने युवतीहरुका लागि एउटा प्रभावकारी प्लेटफर्म प्रदान गर्ने हेतुले आर एण्ड आर ग्रुपका लागि मन्जु श्रेष्ठद्वारा आयोजना गरिंदै आएको नेपाल्स नेस्क्ट सुपर मोडलको सिजन फाइभ भव्यताका सम्पन्न भएको छ ।

बूधबार साँझ नयाँबानेश्वर स्थित एभरेष्ट होटलमा सम्पन्न भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा फेसन, ग्ल्यामर र स्टाइलको राम्रो संगम भएको पाइयो ।

आईआईएफटीका डिजाइनरहरु तथा पम्फाज् कुटरले तयार पारेका पहिरनमा आफ्नो उत्कृष्ट प्रस्तुतिहरु दिने क्रममा एक पछि अर्को गर्दै फेसनमय दृष्यहरु ¥याम्प माथि प्रदर्शन गर्ने क्रममा सहभागि प्रतिस्पर्धीहरु मध्येबाट अन्ततः च्यासल ललितपुरकी झरना रेग्मीले नेपाल्स नेक्स्ट सुपर मोडल सिजन फाइभको उपाधि आफ्नो नाममा सुरक्षित बनाउन सफल भइन् ।

उनले वेष्ट बडीको अवार्ड पनि जितिन् । रनवे मोडलिङको विविध पक्षमा आधारित भएर मुल्यांकन गरिएको सो प्रतियोगितामा विनी खड्गीले फस्ट रनर अप उपाधि जितिन् भने वेष्ट वाक र अर्गनाइजर च्वाइस अवार्ड सहित पालिजा मानन्धरले सेकेन्ड रनर अप उपाधि जित्न सफल भइन् ।

यसैगरी प्रतियोगितामा वीकृति भट्टराई मल्टिमिडिया, तथा साइका भट्टराई फोटोजेनिक र पर्सनालिटी अवार्डतर्फ विजेता चयन गरिएका थिए ।

प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य थिए ।

प्रतियोगितामा आईआईएफटी अटायर पार्टनर, ब्युटी गार्डेन ग्रुमिङ पार्टनर तथा पम्फाजु कुटर थीम पार्टनरका रुपमा रहेको थियो ।

प्रतियोगिता परिचयात्मक चरण, स्टाइलिस राउन्ड, रेड कार्पेट राउन्ड, ककटेल वेयर तथा टप सिक्स फाइनलिष्ट चयन हुँदै विजेता छनौट भएपछि टुङ्गिएको थियो ।