प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्न प्रमुख विपक्षी नेकपा एमालेसँग सहयोग मागेका छन् ।

सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्रीले एमालेसँग छलफल थालेका हुन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग भएको छलफलमा उनले एमसीसी अनुमोदनका लागि सहयोग मागेका छन् ।

प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रैबाट सरकारलाई असहयोग भएको भन्दै एमसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए ।