दुर्गम भेगको वास्तविकतालाई चित्रण गरिएको गीत ‘नुनको भारी’ सार्वजनिक भएको छ । बादल थापा मगरको लय, स्वर र लेखराज गिरीको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा ‘रेलको बाटो’ गीतका कलाकार लक्ष्मण देवकोटा र सरस्वती खत्रीका साथै वसन्त उदास, रूपचन्द्र बुढा, प्रकाश पहाडीलगायतको अभिनय छ ।

विनयराज पौडेलको निर्देशनमा १६ दिन लगाएर डोल्पामा गरिएको भिडियोमा भीमसेन कल्याल ठकुरीकोे छायांकन, अनिश घर्तीको ड्रोन अपरेट, पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको रङ संयोजन छ । भिडियोमा दुर्गम भेगको वास्तविकतालाई चित्रणका साथै सुन्दर प्राकृतिक दृश्य कैद गरिएको छ ।