सिटी मन्टेश्वरीलाई ब्रिटिश काउन्सिलबाट ईन्टरनेशनल स्कूल अवार्डको सम्मान प्राप्त भएको छ ।करिब एक वर्षदेखि ब्रिटिश काउन्सिलमा ईन्टरनेशनल अवार्डका लागि सहभागिता जनाउदै आएको अनामनगरमा रहेको सिटि मन्टेश्वरीले यो वर्ष फुल अवार्डडेड भई ईन्टरनेशनल स्कूलको परिचय बनाउन सफल भएको छ ।

करिब २०० भन्दा बढि विद्यार्थीहरु रहेको सिटि मन्टेश्वरीमा कक्षा एलकेजी देखि कक्षा तीन सम्मका विद्यार्थीहरु उक्त प्रोजेक्टमा सहभागी भएका थिए । आठ वटा प्रोजेक्टमा विभिन्न देशका विभिन्न स्कूलका विद्यार्थीहरुलाई भर्चुयल माध्यमबाट कक्षा संचालन गरि प्रोजेक्टमा सहभागि गराइएको थियो ।

विश्वव्यापी शिक्षाको अवधारणा अनुसारको विषयहरुको जवाफ दिनुपर्ने भएकोले स -साना बालवालिकालाई सिटि मन्टेश्वरीका विद्यार्थीहरुलाई केहि असहज लागे पनि अनुभवी शिक्षक शिक्षिकाको अथक प्रयासले यो सम्भव भएको मन्टेश्वरीका प्रिन्सिपल पुष्पा रिजालले जानकारी दिनुभयो ।

२०६४ सालमा स्थापना भएको उक्त मन्टेश्वरीले छोटो समयमा नै गुणस्तरीय शिक्षा प्रदान गरि आम अभिभावकहरुको रोजाईमा परेको मन्टेश्वरीमा पर्दछ । नेपाली शैक्षिक क्षेत्रको सोच परिवर्तन गराउदै आगामी दिनमा बाल विकास र सिपमूलक शिक्षा पद्धतीमा परिमार्जन गर्दै लैजाने उद्देश्य वोकेर स्थापना भएको सिटि मन्टेश्वरीले दैनिक ध्यानबाट कक्षा प्रारम्भ गराई अनुशासित र संस्कृत सहितको शिक्षा पद्धती अपनाउदै नमूना स्कूलको रुपमा पहिचान बनाएको छ ।