कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्या गरिएको छ । घाटी रेटेर टाउको छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक बनमा शनिबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले संचार माध्यमहरुलाई जनाएको छ ।

हत्यापछि कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको छ । शव बाँधेको ठाउँ नजिकै टाउको फेला परेको छ । अर्जुन दास गाउँमै मजदुरी गर्थे । बुवा–आमा भारतमा बस्छन् । उनी पत्नी र दुईवटा बच्चासँगै कैलालीमा बस्दै आएका थिए ।

 

Note: Sensitive Content Below