जनस्वास्थ्यका विज्ञहरुले दीर्घरोगीलाई कोरोना महामारीविरुद्धको खोप दिन सुझाव दिएका छन् ।एचआईभी एड्स, क्यान्सरलगायत रोग लागेकाहरुलाई प्राथमिकतामा राखेर खोपको बुस्टर डोज दिन विज्ञहरुले सुझाव दिएका हुन् ।

 

राष्ट्रिय खोप सल्लाहकार समितिले अन्तर्राष्ट्रिय रुपमा प्राप्त प्रमाण, अनुसन्धान एवं डब्ल्यूएचओको सिफारिस र नेपालको परिवेश हेरेर दिने सल्लाह अनुसार नै बुस्टर डोजबारे सरकारले निर्णय लिने बताइएको छ ।

चीनमा विकास भएको भेरोसेल खोपको दुवै डोज लगाएका ६० वर्षमाथिका व्यक्तिलाई दोस्रो डोज लगाएको तीन महिनापछि थप एक डोज खोप दिन डब्ल्यूएचओले सिफारिस गरेको कुरा उल्लेख गरिएको छ ।

नेपालमा हालसम्म कुल जनसंख्याको ४० प्रतिशत र १८ वर्षमाथिका ६२ प्रतिशत जनसंख्याले कम्तीमा एक डोज खोप लगाएका छन् ।