भारतका पहिलाे चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावत र उनकी पत्नी मधुलिका सहित १३जनाको निधन भएकाे छ । तमिलनाडुमा भएकाे हेलिकप्टर दुर्घटनामा परि उनिहरुको मृत्यु  भएकाे हाे ।  दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेको  भरतिय वायुसेनाले ट्विट गरेको छ ।

बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुकाे कुन्नूरमा दुर्घटना भएकाे थियाे । भारतीय वायु सेनाका अनुसार याे एमआई-१७बी ५ हेलिकप्टर थियाे ।

जनरल रावत सन् २०२० काे जनवरी १ मा देशकाे पहिलाे चिफ डिफेन्स अफ स्टाफ नियुक्त हुनुभएकाे थियाे ।

याे हेलिकप्टर दुर्घटनाकाे कारण पत्ता लगाउनका लागि जाँचकाे आदेश दिइएकाे वायु सेनाले जनाएकाे छ ।