काठमाडौं । ‘यु क्यान फ्लाई’ को आयोजनामा राजधानीमा संचालित ‘द फेस’का प्रतिस्पर्धी मोडलहरु चितवनमा बन्यजन्तु संरक्षणको निम्ति एक र्‍यालीमा सहभागी भएका छन । ‘द फेस’ मोडलहरू आ-आफ्नै रचनात्मक नारासहित प्लेकार्ड बोकेर वन्यजन्तु संरक्षण र्‍यालीमा सहभागी भएका थिए । नेपाली युवाहरूमाझ वन्यजन्तु संरक्षणको आवश्यकता र त्यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउने उद्देश्यसहित नयाँ दृष्टिकोण सहित फेसनलाई सामाजिक अभियानमा जोड्दै प्रदर्शन गरेको ‘द फेस’ का आयोजक संम्शाद शाहले जनाए । ‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिटबाट र्‍यालीलाई कार्यक्रम संयोजक सुप्रिया थापाले झण्डा देखाएर शुभारम्भ गरेकी थिईन । नारायणी नदीमा पुगेर समापन भएको उक्त र्‍यालीको मुख्य उद्देश्य वन्यजन्तु संरक्षण र वन क्षेत्र बढाउन चेतना जगाउनु रहेको थियो । लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’का संचालक देवेन्द्र लोहनीसंगको सहकार्यमा र्‍याली संगै ‘द फेस’ का प्रतियोगी मोडलहरु बीच लघु चलचित्र प्रतियोगिता समेत सम्पन्न भएको थियो । उक्त कार्यलाई प्रोत्साहित गर्दै ‘म्यान विथ भिजन’ र ‘व्युटी विथ पर्पस’ को अवार्डले सर्वोत्कृष्ट भिडियो छनौट गरि सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।