कोभिड–१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएका मुलुकबाट आएका वा शंकास्पद व्यक्तिलाई १५ दिन क्वारेन्टिनमा अनिवार्य राख्न विज्ञले सुझाव दिए पनि सरकारले यसबारे निर्णय लिएको छैन । दक्षिण अफ्रिकामा गत मंगलबार नयाँ भेरिएन्ट ‘बी.१.१.५२९’ पुष्टि भएको थियो । नयाँ भेरिएन्टमा डेल्टाभन्दा बढी जोखिम देखिएकाले प्रभावित मुलुकबाट आउनेहरूलाई अनिवार्य क्वारेन्टिनमा राख्न विज्ञको सुझाव छ ।