गएराति देखिको अविरल बर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बुढानिलकण्ठको कपन, शंखमुल पार्क, कोटेश्वरको नरेफाँट, बल्खु तरकारी बजार, कुलेश्वरको आबासिय क्षेत्र, नेपालटारको तल्लो क्षेत्र, कालिमाटी स्थित तरकारी बजार लगायतका क्षेत्र डुबानमा परेका हुन । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेको र एक सय ३८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

खोला किनारमा रहेका बस्ती वर्षाका कारण डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको छ । अझै पनि वर्षा नरोकिएका कारण थप क्षेत्र डुबानको जोखिमा रहेका छन् । प्रहरीले खोला किनारामा बासोबास गर्ने नागरिकलाई सर्तक रहन आग्रह गरेको छ ।