साहस ऊर्जाको साधारण सेयर (आईपीओ) आज बाँडफाँट भएको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सो साधार सेयर बाँडफाँट भएको हो ।

आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएकोमा २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ गोलाप्रथाबाट ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन् भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले ६ असोजदेखि १० असोजसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको कम्पनीको स्थानीयलाई ३५ करोड रुपैयाँ र सर्वसाधारणमा निष्कासन भएको ७० करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता ३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

कहाँ-कहाँबाट नतिजा हेर्न मिल्छ त ? कुन बाट छिटाे हेर्न मिल्छ ?

आईपीओ बाँडफाँडपश्चात रिजल्ट iporesult.cdsc.com.np, meroshare.cdsc.com.np, मेराे सेयर App, sahasurja.com, result.niblcapital.com/#/ipo-result मा रिजल्ट हेर्न मिल्नेछ । iporesult.cdsc.com.np र result.niblcapital.com/#/ipo-result बाट सम्भवतः छिटाे नतिजा हेर्न मिल्ने जनाईएकाे छ ।