मोरङको एक मिलमा आगलागी हुँदा ७० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–३ मा रहेको अरुण सिंहले सञ्चालन गरेको ‘बोलबम चिउरा मिल’मा पूर्ण रूपमा क्षति पुगेको छ ।

मिल सञ्चालन गरिएको ४ कोठे भवनमा शनिबार राति १० बजेतिर अचानक आगलागी हुँदा दुईवटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

आगो प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति साढे ११ बजेतिर नियन्त्रणमा लिइएको उनले बताए । आगलागीको कारण खुलेको छैन ।