नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ १६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ  २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।