पूर्वी चीनको एक कारखानामा भएको आगलागीमा परेर कम्तीमा पनि छ जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमले सो आगलागीमा परेर छ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन्।

पूर्वीचीनको जेङ चियाङ प्रान्तमा रहेको एक कारखानामा सो दुर्घटना भएको हो। शुक्रबार अपराह्न ४ बजे सो दुर्घटना भएको स्थानीय अधिकारीले जनाएका छन्।

कारखानामा आगलागी भएपछि यसका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आगलागीको कारण भने थाहा हुन नसकेको र यस विषयमा अनुसन्धान जारी रहेको अधिकारीले जानकारी दिएका छन्।