नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न बोर्डको कर्मचारी संगठनले माग गरेको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै निलम्बन गरी कारबाही गर्न माग गरेको हो ।

नेपालमै पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा भेटिएको छ । बोर्ड अध्यक्षले बोर्ड आचारसंहिता विपरित छोरीको नाममा सेयर किनेको भनेर चर्को विरोध भइरहेको छ । कतिपयले बोर्ड अध्यक्षले ‘गोल्डेन सेयर’ लिएको समेत आरोप लगाएका छन् ।

सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई पदबाट निलम्बन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कानुनविपरीत आफ्नो सहदोर भाइ र छोरीको नाममा  सेयर खरिद गरेको आरोप लागेपछि छानबिन गर्ने निर्णय गरेको थियो। त्यस क्रममा उनलाई पदबाट निलम्बन गरिएको अर्थमन्त्रीका सल्लाहकार गोविन्द रोकाले नेपालखबरलाई जानकारी दिए।