मेम्फिस डिपाएको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा गेटाफेलाई पराजित गरेको छ।

आइतबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्साले गेटाफेलाई २–१ को गोल अन्तरले पराजित गरेको हो। खेलमा सबै गोल पहिलो हाफमा नै सम्भव भयो।

खेल सुरु भएको ९९ सेकेण्डमा सर्जी रोबटोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले जोर्डी अल्बाको क्रसलाई गोलमा परिणत गरेका थिए।

पहिलो हाफको १८ औँ मिनेटमा नै पाहुना टोलीले गोल फर्काउँदै  खेललाई बराबरीमा ल्यायो। बार्सिलोनाका पूर्व खेलाडी कार्लेस अलेनाको पासमा सान्ड्रो रामिरेजले बराबरी गोल फर्काएका थिए।

रोनाल्डोसहितको युभेन्टसलाई मेस्सीबिनाको बार्सिलोनाले हरायो | Janprabhabnews

खेलको ३० औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै पुनः बार्सिलोनाको अग्रदा दोब्बर पारे।  उनले फ्रेङकी डि जोङको पासमा गोल गरेका थिए।

ला लिगामा सन् २००९ पछि असिस्टकर्ता र गोलकर्ता दुवै डच खेलाडी भएको पहिलो पटक हो। जितसँगै बार्सिलोनाले ३ खेलबाट ७ अंक जोडेको छ। अंकविहिन गेटाफे पुछारबाट दोस्रोमा छ।